logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गिरिजाको जन्मजयन्तीमा कांग्रेसले गर्यो ऐतिहासिक फोटो प्रदर्शनी

    गिरिजाको जन्मजयन्तीमा कांग्रेसले गर्यो ऐतिहासिक फोटो प्रदर्शनी

    399
    Shares
    गिरिजाको जन्मजयन्तीमा कांग्रेसले गर्यो ऐतिहासिक फोटो प्रदर्शनी

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ । नेपाली कांग्रेस केन्द्रिय सुचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो ।

    फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । फोटो प्रदर्शनीको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवलोकन गरिसकेका छन् । फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै पूर्वप्रधानमन्त्रीहरु आउने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोईरालाको भुमिकालाई अटाइएको उनले बताए ।

    फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा(एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ । त्यसैगरी समुन्नतिको दोस्रो जग भन्ने शिर्षकमा छलफल काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने जानकारी दिइएको छ ।

    कार्यक्रममा ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शिर्षकमा फोटो पत्रकार गोपाल चित्रकार, मीनरत्न बज्राचार्य, विकास रौनियार, चन्द्रशेखर कार्की, प्रकाश माथेमा, विकास कार्की लगायतका फोटोपत्रकारहरुले पनि बोल्ने कार्यक्रम रहेको प्रमुख विश्वकर्माले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend