
पोखरा,१४ जेठ । साहित्यकार एवं पत्रकार कृष्ण सेन (इच्छुक) स्मृति दिवसको अवसरमा मदन भण्डारी फाउण्डेशन कास्कीले सञ्चारिक समूह गण्डकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फाउण्डेशनका अध्यक्ष माधव बास्तोलाले सञ्चारिका अध्यक्ष स्मिता अधिकारीलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीमा समेत अग्र पङ्क्तिमा खटिने सञ्चारकर्मीहरुलाई सो सहयोग गरिएको अध्यक्ष बास्तोलाले बताए ।
“कोभिड–१९ विरुद्धको अभियामान फ्रन्टलाईनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुृरक्षाकर्मी तथा सञ्चारकर्मीलाई सहयोग गर्ने योजना अनुसार आज पत्रकार महिलाहरुलाई सहयोग गरेका हौँ।” अध्यक्ष बास्तोलाले भने ।
फाउण्डेशनले जिल्लामा पनि सामाजिक तथा वैचारिक कार्यक्रमहरु गर्दै आएको छ । जिल्लाका स्थानीय तह तथा महानगरका वडाहरुमा समेत फाउण्डेशनको कार्य समिति गठन गरिएको छ ।
सञ्चारिकाका अध्यक्ष अधिकारीले प्राप्त सहयोग प्रति आभार व्यक्त गर्दै महिला सञ्चारकर्मीलाई यसबाट ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सो सामग्रीका लागि सहयोग र पहल गर्ने नेपाल पत्रकार महासंघ कास्की शाखाप्रति समेत उनले आभार व्यक्त गरेकी थिईन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend