शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु

काठमाडौँ  :  कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्य भएको छ । ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको ज्यान गएको हो । उनी ललितपुरको बुङमतीका बासिन्दा हुन् ।

जेठ ११ गते उनी सो अस्पताल भर्ना भएका थिए । १२ गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

आज १४ गते साँझ उनको मृत्यु भएको हो । मृत्युलगत्तै आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालालाई उधृत गर्दै ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जनाए ।

उनी ‘अल्कोहलिक लिभर डिजिज’का कारण अस्पताल भर्ना भएका थिए । सोही निर्वाचन क्षेत्रकी सांसद पम्फा भुसालले पनि एक जनाको मृत्यु भएको पुष्टि गरिन् । उनले सामाजिक सञ्जालमा मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेकी छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ ।

बुधबार साँझसम्म संक्रमितको संख्या भने ९ सय १ पुगेको छ ।  बुधबार मात्रै एकैदिन १ सय २९ जना संक्रमित थपिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend