
काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस पटककाे गणतन्त्र दिवसको अवसरमा सरकारले २३३ जना कैदीको कैद सजाय मिनाहा भएको छ ।
नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २ सय ३३ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा गरिएकाे राष्ट्रपति कार्यालय, शीतल निवासले जनाएकाे छ ।
यसैगरी ८ जना व्यक्तिको सजाय माफी पनि गरिएको छ । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव साह कानूसमेतका ८ जनालाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको कार्यालयकाे शीतल निवासकाे सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend