सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

प्रधानमन्त्री केपीरचित गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक

प्रधानमन्त्री केपीरचित गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुखसमेत रहनुभएका लोकप्रिय सङ्गीतकार प्राज्ञ अशोक राईले प्रधानमन्त्री ओलीको उक्त गीतमा सङ्गीत भर्नुभएको छ ।

देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीत लोकप्रिय युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको सुमधुर स्वरमा सजिएको छ ।

‘स्वदेशमै रोजगारी स्वेशमै बास, रोजिँदैन प्रवास अब गर्ने देश विकास, खेर जान्नन् नदी नाला, बाँझा हुन्नन् डाँडापाखा, यो उर्वर सुन्दर देश’ बोलको गीत केपी ओलीले हालै दोस्रो पटक मृगौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा लेख्नुभएको हो । शब्द, सङ्गीत, गायन र दृश्यको बेजोड संयोजन रहेको उक्त गीत सङ्गीतकार राईको साङ्गीतिक समूह अन्तराको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

वाङ्मयका विविध विधा साहित्य, कला, संस्कृति, सङ्गीत, इतिहास, दर्शन, सामाजिक शास्त्र लगायतका अनेकौँ विषयमा गहिरो अभिरूचि र ज्ञान राख्ने प्रधानमन्त्री केपी शर्मा ओली विद्यार्थी जीवनदेखि नै प्रगतिशीलभावका कविता लेख्नुहुन्थ्यो । उहाँका दर्जनौँ कविता तथा गीत प्रकाशित छन् । विदेशिएका जनशक्तिलाई स्वदेशमै फर्काएर यहीँ रोजगारी सृजना गरी देश–विकासमा लगाउने भावधाराको यस गीतमा प्रधानमन्त्री ओलीको देश विकास र समृद्धिप्रतिको सुन्दर सपना र सङ्कल्प प्रष्टसँग कुँदिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend