सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

नेपाल एयरलाइन्स चीनबाट लिएर आइपुग्यो : सेनाले खरिद गरेको २८ टन स्वास्थ्य सामग्री

नेपाल एयरलाइन्स चीनबाट लिएर आइपुग्यो : सेनाले खरिद गरेको २८ टन स्वास्थ्य सामग्री

काठमाडौं : नेपाली सेनाले चीनसँग खरिद गरेको स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको जहाज आज विहान काठमाडौं अवतरण गरेको छ।

सामान लिन सो जहाज हिजो साँझ चीनको ग्वाङ्जाओ उडेको थियो।

चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिएर जहाज बिहान काठमाडौं आइपुगेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सुनौलो नेपाललाई बताए।

सैनिक प्रवक्ता पाण्डेका अनुसार जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान हो।

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३ सय ४१ टन स्वास्थ्य सामग्री मध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य समाग्री स्थल मार्गबाट ल्याउने योजना बनाएको थियो।

यसघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend