
नेपालमा आज एकैदिन १५६ जनामा नयाँ संक्रमित भेटिएका छन्।
देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १५६ जना नयाँ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञपान प्रतिठानमा २ जना विराटनगरको कोसी अस्पतालमा २५ पोजेटिभ देखिएका छन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ७७ जनाको पोजेटिभ आएको छ । सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गण्डकीमा गरिएको प्रयोगशालामा ३ जनामा कोरोना देखिएको छ भने । सेती अस्पतालमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । हेटौँडामा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । भेरीमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । धुलिखेलमा अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
बिहीबारसम्मको विवरण अनुसार १ सय ८७ जना निको भएर घर फर्किएका छन् । निको हुने १ सय ४४ पुरुष, ४३ जना महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा बिहीबारसम्म ६० हजार ६ सय ९६ नुमनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । १ लाख २ हजार ३४ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा २ हजार ४ सय १९ नमुनाको पीआर विधिबाट नमुना परीक्षण गरिएको छ भने आरडीटी १ हजार ७ सय ४७ जनाको परीक्षण गरिएको छ ।
बिहीबारसम्म ८६ हजार ५९ जना क्वारेन्टाइनमा रहेका छन् भने सम्भावित संक्रमित र संक्रमित गरिए देशका विभिन्न ठाउँमा ८५० आइसोलेसनमा रहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend