सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

अब भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य

अब भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य

काठमाडौँ :  सरकारले बजेट भाषणमार्फत सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य गर्ने घोषणा गरेको छ।

शुक्रबार बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै विदेशी नागरिकलाई श्रम स्वीकृतिविना काम गर्न नदिने बताएका हुन्।

उक्त घोषणाबाट नेपालमा निर्वाद रुपमा काम गरिरहेका लाखौं भारतीय नागरिक प्रभावित हुनेछन्। भारतले नेपालबाट वार्षिक ४ खर्बभन्दा बढी रेमिट्यान्स लाने गरेको छ।

सरकारले आगामी वर्ष सबै प्रकारका सामाजिक सुरक्षा भक्तालाई निरन्तरता भएको छ। केही समय अघि एकल महिला र अपांगता भएका व्यक्तिलाई दिइँदै आएको सुरक्षाभक्ता काटे पनि बजेटमार्फत निरन्तरता दिने निर्णय गरेको हो।

सरकारले समाजिक सुरक्षा भत्ताका लागि मात्रै ६७ अर्ब विनियोजन गरेको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend