
मोरङ : जातकै कारण रुकुम पश्चिममा दलित युवक नवराज विकसहित ४ जनाको हत्या भएको भन्दै मोरङको उर्लाबारीमा विरोध प्रदर्शन गरिएको छ । दलित संघर्ष समिति, विश्वकर्मा सेवा समिति उर्लाबारी, राष्ट्रिय दलित पत्रकार संघ मोरङलगायत संघ संस्थाका दलित अगुवाहरूले विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीय दलित अगुवा तथा राजनीतिक दलका नेता कार्यकर्ताहरूको सहभागितामा उर्लाबारी नगरपालिकाको मंगलबारेमा बिहीबार भेला भएर प्लेकार्डसहित प्रदर्शन गरिएको हो ।
सामाजिक दूरी कायम गर्दै उपस्थित उनीहरूले ‘जातीय आधारमा हत्या कहिलेसम्म ? हामी कहिलेसम्म मौन बस्ने ? जवाफदेही को ? मान्छे मान्छेमा के फरक छ र ? संविधानले दिएको अधिकार कहिलेसम्म उल्लंघन गर्ने ?’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै उर्लाबारी नगरपालिका–३ वडा सदस्य सम्झना नेपालीले जातीय विभेदको आधार चौरजहारीमा जघन्य अपराध भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend