
धादिङ : काम गर्ने क्रममा दुर्घटनामा परेर कोरियामा मृत्यु भएका धादिङ, झार्लाङ निवासी मैती तमाङको शव पैसा तिर्न नसक्दा त्यहीँको अस्पतालमा रहेको छ।
झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेका उनको उपचारको क्रममा १२ जेठमा अस्पतालमा मृत्यु भएको थियो।
१२ वैशाखमा ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उनको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्राव भएको थियो।
घटनापछि तत्काल स्थानीय अस्पतलमा लगिए पनि उक्त अस्पतालमा उपचार असम्भव भएपछि तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको थियो।
तामाङ पाँच वर्षअघि भिजिट भिषामा कोरिया गएका र अवैध रूपमा उतै काम गर्दै आइरहेका थिए।
अन्दाजी ४५ वर्षीय तामाङ अवैध रूपमा बसिरहेकोले उनको स्वास्थ्य बीमा नभएको र निजको उपचार खर्चको करीब एक करोड बील आएको उनकी बहिनी कविता तामाङले सुनौलो नेपाललाई बताइन्।
यो हप्तासम्म बाँकी रहेको बील तिरेर दाहसंस्कार गर्न अस्पतालले भनेको छ।
तर, उक्त रकम तिर्ने अवस्था नभएको भन्दै बहिनीले सहयोगका लागि आग्रह गरेकी छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend