
वीरगञ्ज : पर्साको ठोरी गाउँपालिकामा रहेको ठुटे खोला सञ्चालन गर्नको लागि कुलो पुरी बनाइएको सडक भत्काउन आएका भारतीय सुरक्षाकर्मीसहितको टोलीलाई स्थानीयले फर्काएका छन्।
ठोरी गाउँपालिकाको वडा नम्बर २ र ३ को बीचमा पर्ने ठुटेखोला पुलको पूर्वपट्टी रहेको कुलो पुरी पुल सञ्चालनमा आएपछि सडक भत्काउन बिहीबार साँझ आएका भारतीय सुरक्षाकर्मीसहितको टोलीलाई स्थानीयले विरोध गर्दै फर्काएका हुन्।
ठुटे खोलामा बनाइएको पुल सञ्चालनको लागि कुलो पुरि बनाइएको सडकमा मान्छे लगाएर भत्काउन सुरु गरेपछि स्थानीयबासीहरु विरोधमा उत्रिएका थिए।
भारतीय सु्रक्षाकर्मीसहितको टोलीसँग वडा नम्बर २ का वडाध्यक्ष किशोर तामाङसहित स्थानीयबासीहरुले विरोध गरेपछि भारतीय सुरक्षाकर्मी, अधिकारी र मजदुरहरुसहितको टोली भारत फर्किएको ठोरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष किशोर तमाङले जानकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend