
काठमाडौं : २ बजे कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बैठक बोलाइएको हो ।
बैठकमा कोरोनाका विषयमा र विदेशबाट नेपालीलाई फिर्ता गर्ने विषयमा छलफल हुने बताइएको छ । सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई चरणवद्ध रूपमा स्वदेश फर्काउने बारेमा तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि विदेशमा रहेका नेपाली फर्काउने जानकारी दिएका थिए ।
त्यस्तै, आजको बैठकमा लकडाउनको मोडालिटीका विषयमा पनि छलफल हुने बताइएको छ । शुक्रबार लकडाउनको ६७ दिन पुगेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत ११ चैतदेखि लकडाउन लागू गरेको हो । २० जेठकाे मध्यरातसम्मका लागि लकडाउन अवधि तोकिएको छ । लामो समयसम्म लकडाउन रहेकाले जनजीवन प्रभावित भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend