सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

धादिङ जिल्लाले पायो चार अर्ब ३७ करोड रुपैयाँको बजेट, कुन स्थानीय निकायको कति?

धादिङ जिल्लाले पायो चार अर्ब ३७ करोड रुपैयाँको बजेट, कुन स्थानीय निकायको कति?

सरकारले आगामी आर्थिक वर्ष स्थानीय निकायलाई दिने अनुदान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । बिहिबार अर्थमन्त्रालयले आफ्नो वेबसाइटमार्फतसमानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा सातवटा प्रदेश र ती प्रदेशका पालिकाहरुलाई विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो ।

सातवटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने सबै प्रदेशका नगर तथा गाउँपालिकाहरुलाई तीन खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख रुपैैयाँ, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, बागमती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ, गण्डकी प्रदेशले १३ अर्ब ३५ लाख ९९ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पाएका छन् ।

यसैगरी धादिङ जिल्लाको १३ वटा स्थानिय तहहरुमध्ये सबैभन्दा वढि बजेट निलकण्ठ नगरपालिकाले पाउने भएको छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकामा १६ करोड ६६ लाख रूपैँया रहेको छ।

धादिङको १३ वटा स्थानिय निकायहरू को बजेट विवरण :

निलकण्ठ नगरपालिका – ६२ करोड ८३ लाख
धुनिवेसी नगरपालिका – ३३ करोड ५४ लाख
थाक्रे गाउँपालिका – ३६ करोड २८ लाख
गल्छी गाउँपालिका – ३२ करोड ४२ लाख
गजुरी गाउँपालिका – ३२ करोड २९ लाख
बनिघाट रोराङ गाउँपालिका – ४० करोड ९७ लाख
सिद्धलेक गाउँपालिका – ३६ करोड ५७ लाख
ज्वालामुखी गाउँपालिका – ३१ करोड ६२ लाख
त्रीपुरासुन्दरी गाउँपालिका – ३७ करोड ५९ लाख
गँगाजमुना गाउँपालिका – ३२ करोड ८२ लाख
नेत्रावती गाउँपालिका – २४ करोड ३५ लाख
खनियावास गाउँपालिका – १९ करोड ९८ लाख
रुबिभ्याली गाउँपालिका – १६ करोड ६६ लाख

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend