सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतबाट नेपाल छिर्न अब २० नाका तोक्यो

भारतबाट नेपाल छिर्न अब २० नाका तोक्यो

काठमाडौं : सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ। कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले भारतबाट नेपालीलाई नेपाल प्रवेश गर्न २० वटा नाका तोकेको हो।

भारतबाट आएका नागरिकहरुको अनुगमन गर्न र क्वारेनटाइनमा राख्न सहजताका लागि निश्चित नाकाहरु तोकिएको समितिले जनाएको छ। समितिले तोकेको नाकामा इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी  छन्।

यसैगरी, कुनौली, ठाडी, मार्डर, भित्तामोड, मंगलवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह नाकाबाट पनि नेपालीलाई सहज प्रवेश गराइने समितिले जनाएको छ। यस्तै सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला बाट नेपालीलाई प्रवेश गराइने प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बताए।

भारतबाट नेपाल प्रवेश गर्न चाहने नागरिकलाई सुरक्षित रुपमा नेपाल प्रवेश गराउँदै सम्बन्धित पालिकाले क्वारेनटाइनमा राख्नका लागि यस्तो व्यवस्था गरिएको हो। यसरी तोकिएको बाहेक स्थानबाट लुकीछिपि छिर्नेहरुको हकमा स्थानीय प्रशासन अनुसार कानुनी कारबाही हुने उनले बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend