शुक्रबार, असार २७ २०८२

शुक्रबार, असार २७ २०८२

कामना विकास बैंकद्धारा ४४ विपन्न घरधुरीलाई राहत सामाग्री

कामना विकास बैंकद्धारा ४४ विपन्न घरधुरीलाई राहत सामाग्री

जेठ १६, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित कामना सेवा बिकास बैंकको शाखा कार्यालयले स्थानीय ४४ घरका विपन्न लाई राहत वितरण गरेको छ । बैकको संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत ती घरधुरीलाई १५ दिनलाई पुग्ने खाद्यसामाग्री वितरण गरेको हो ।
लकडाउनका कारण सबैभन्दा बढी ज्यालामजदुर र विपन्न वर्ग बढी मारमा परेको कारण राहतसामाग्री वितरण गरिएको बैंकले जानकारी दिएको छ ।
न्यून आय भएका गरीब, तथा दैनिक ज्यालामजदुरका ४४ घर धुरी लाई खाद्य तथा अन्य सामग्री वितरण गरिएको बैंकका शाखा प्रबन्धक रामप्रसाद लोहागुनले बताए । उनका अनुसार उनीहरुलाई १५ दिनलाई पुग्ने चामल, तेल, नुन र साबुन वितरण गरिएको हो । उक्त राहत महानगरपालिका को वडा नम्बर ५ , विकासचोक टोल विकास संस्था र विकासचोक बजार समितिको सहकार्यमा राहत वितरण गरिएको प्रबन्धक लोहागुनले जानकारी दिए ।
वितरण कार्यक्रममा बैंकका क्षेत्रिय प्रबन्धक सुरेन्द्र भण्डारी, वडा सदस्य रबिलाल भट्टराई, टोल बिकाश सस्थाका अध्यक्ष केशवराज पोखरेल, बजार समितिका अध्यक्ष दिपक श्रेष्ठ लगायतको सहभागिता थियो । बैंकले लकडाउन शुरुभएपछि राप्तीको खुरखुरे , नारायणढको लायन्स चोक, शारदानगर, हाकीमचोकमा रहेका शाखाहरुबाट समेत राहतसामाग्री वितरण गरिसकेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend