सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

भैरहवाको सिद्धार्थनगरमा ‘एक घर एक कोरोना परीक्षण’ अभियान थाल्दै मायादेवी फाउण्डेशन

भैरहवाको सिद्धार्थनगरमा ‘एक घर एक कोरोना परीक्षण’ अभियान थाल्दै मायादेवी फाउण्डेशन

भैरहवा : भैरहवाको सिद्धार्थनगर नगरपालिकामा कोरोना बिरुद्ध ‘एक घर एक परीक्षण’ अभियान सञ्चालन गरिने भएको छ ।

कोरोना भाइरस .कोभिड–१९ को जोखीम कम गर्नका लागि मायादेवी फाउण्डेशनको नेतृत्वमा ‘एक घर एक परीक्षण’ अभियान सुरु गर्न लागिएको हो । अभियानका लागि फाण्डेसनसले ५० हजार जम्मा गरेको छ ।

फाउन्डेसका प्रमुख रवि कुमार रौनियारले आफुहरुले ५० हजार जम्मा गरेर अभियान सुरु गरेको बताए । उनले सम्बन्धित मन्त्रालय, स्थानिय निकाय, सबै सरकारी निकाय, संघ संस्था, उद्योगपती, स्थानिय क्लबहरु तथा ब्यक्तिगत रुपमा समेत यस अभियान मा हात्तेमालो गरि सक्दो सहयोग गर्न अनुरोध गरेका छन्। यस अभियानलाई पूर्ण सफल बनाउन रवि रौनियारले सामाजिक बिकास मन्त्रालय तथा सिद्धार्थनगर नगरपालिका को भूमिका मह्त्वपूर्ण हुने बताउदै पूर्ण सहयोगको आशा गरेका छन।

फाउन्डेसनले अभियानको नारा पनि तय गरेको छ, ‘अबको अभियान– कोरोना मुक्त नगर हाम्रो पहिचान ।’
यसअघि फाउन्डेसनले कोरोना महामारीको भवितब्य प्रकोपलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा रहेका पत्रिका बितरण गर्ने १५ जना बितरकको कोरोना बिमा गरिदिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट