शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

दैलेख : भारतबाट फर्किएका दैलेखका एक युवकको मृत्यु भएको छ। दुल्लु नगरपालिका – ११ का ३५ वर्षीय युवकको मृत्यु भएको हो। १० दिन अघि भारतको गुजरातबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हो। उनी दुल्लु नगरपालिका-७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार भारतबाट आएका कारण उनीसहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो।  ‘शनिबार बिहान चिया खाजा खानुभएको रहेछ, पछि त्यहि ढल्नु भएको हो,’ मेयर भण्डारीले सुनौलो नेपाललाई भने।

उनको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पठाइएको छ। पीसीआर परीक्षण रिर्पोट आउन बाँकी रहेकोले आएपछि मात्र उनको मृत्यु कोरोनाले हो-होइन पत्ता लाग्ने दुल्लु अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend