
ललितपुर : कार्यकक्षमै बेहोस भइ ढलेका प्रहरी नायब निरीक्षक (सई) को निधन भएको छ ।
महानगरीय प्रहरी प्रभाग लुभुमा कार्यरत सई टेकबहादुर माझीको शनिबार मृत्यु भएको हो ।
बेहोस भएर ढलेका उनको टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको शुक्रबार रातिनै पाटन अस्पतालबाट लगिएको थियो । अवस्था थप जटिल भएपछि अल्का अस्पताल रिफर गरिएको थियो ।
मृतक प्रहरी माझीको घर रामेछाप हो । संगठनमा इमान्दार र क्षमतावान मानिने उनलाई दुई महिनाअघि मात्र लुभुको इञ्चार्ज बनाएको थियो स्रोतले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend