बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

मन्त्रिपरिषद् बैठक बस्दै, विदेशमा समस्यामा परेका नेपालीको उद्धार र लकडाउन मुख्य बिषय

मन्त्रिपरिषद् बैठक बस्दै, विदेशमा समस्यामा परेका नेपालीको उद्धार र लकडाउन मुख्य बिषय

काठमाडौं : शनिबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ ।

आजको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका बिषयमा छलफल हुने एक मन्त्रीले बताए।

विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ ।
सरकारले पछिल्लो पटक थप १५ दिन थपेको लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend