
धादिङ : धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १ पात्लेमा भिरबाट लडेर १ यूवतीको मृत्यु भएको छ ।
शनिबार विहान ८ बजेको समयमा घास काट्ने क्रममा भिरबाट लडेर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मृत्यु हुनेमा २३ बर्षिय दिपीका गिरी रहेकी छिन । झण्डै १ सय मिटर तल खसेर घाईते भएकी युवतीको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend