शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

अस्पतालको आइसोलेसनमा २ वर्षीया बालिकाको शंकास्पद मृत्यु

अस्पतालको आइसोलेसनमा २ वर्षीया बालिकाको शंकास्पद मृत्यु

बाजुरा : जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको शंकास्पद मृत्यु भएको छ ।

भारतबाट नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए ।

‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले आएका थिए,’ उनले भने, ‘गाउँको क्वारेन्टाइनमा ४ दिन बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको हो ।’

उनमा झाडापखला, उच्च ज्वरो, श्‍वासप्रश्‍वासम्बन्धी समस्या (कडा निमाेनिया) देखिएको डा बिककाे भनाइ छ । उनले भने, ‘क्‍वारेन्टाइनमा रहेकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको थियो । तर उपचारकै क्रममा बालिकाकाे मृत्यु भयाे ।’

यद्यपि उनका काेराेना संक्रमण भए/नभएकाे बारे थाहा हुन सकेकाे छैन । ती बालिकाकाे स्वाब संकलन गरेर धनगढी पठाइएकाे र रिपोर्ट आउन बाँकी रहेकाे बताइएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend