
काठमाडौं : बाजुराकी २ वर्षीया बालिकाको पनि कोरोनाबाटै मृत्यु भएको पुष्टि भएकको छ । बाजुराको क्वारेन्टाइनमा बसेकोमा जेठ १५ गते अस्पतालमा भर्ना गरिएको र आइतबार बिहान उनको मृत्यु भएको थियो ।
केही समयअघि मात्र भारतबाट नेपाल फर्किएका ती बालिका र उनकी आमा क्वारेन्टिनमा बसेका थिए। उनकी आमालाई पनि संक्रमण पुष्टि भएको छ।
क्वारेन्टिनमा रहेकै बेला बालिकालाई गाह्रो भएपछि बाजुरामा रहेको अस्पतालमा उपचार गरिएको थियो।
यसरी कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend