शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

ईलाका प्रहरी कार्यालय गजुरीमा नवनिर्मित सेवाग्राही प्रतिक्षालयको उद्घाटन

ईलाका प्रहरी कार्यालय गजुरीमा नवनिर्मित सेवाग्राही प्रतिक्षालयको उद्घाटन

धादिङ : ईलाका प्रहरी कार्यालय गजुरी धादिङको परिषरमा निर्माण भएको सेवाग्राही प्रतिक्षालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सेवाग्राही प्रतिक्षालयको समुदघाटन कार्यक्रममा गजुरी गाउँपालिका का अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्र रेग्मीले आफ्नो मन्तब्य राखेका थिए ।

उद्घाटन कार्यक्रम ईलाका प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख डिएसपी खगेन्द्र बहादुर खड्का को स्वागत मन्तव्यबाट   सुरु भएको थियो र सोही कार्यक्रमको संचालन कार्यालयकाे सुचना अधिकारी इन्स्पेक्टर भोजराज पाण्डेले सुरु गरेका थिए।

कार्यक्रमको परिसरमा जिल्ला ट्राफिक प्रहरी गजुरीका कार्यालय प्रमुख ईन्स्पेक्टर नेत्रप्रसाद भट्ट र सशस्त्र प्रहरी बल (एपिएफ) साथै सन्चारकर्मी, स्वास्थ्यकर्मी, समाजसेवीको समेतको उपस्थिति रहेको थियो।

गजुरी गाँउपालिकाको अनुदान सहयोग तथा ईलाका प्रहरी कार्यालय गजुरी धादिङमा कार्यरत प्रहरी कर्मचारीहरुको श्रमदानमा नवनिर्मित सेवाग्राही प्रतिक्षालयको निर्माण गरिएको हो ।

यस प्रतिक्षालयमा ३० जना सम्म बस्न सक्नेछन् । प्रतिक्षालय भवनको सिल्यान्यास २०७६ साल माघ महिना शुरु भई २०७६ साल फागुन मसान्त तिर निर्माण सम्पन्न भएको थियो । प्रतिक्षालय निर्माण कार्यको कुल लागत रु.७ लाख रहेको उद्घाटन कार्यक्रमको समयमा जानकारी गराईएको र नव निर्मित प्रतिक्षालयबाट सेवाग्राहीले प्रतक्ष्य रुपमा गर्मी तथा पानी परेको समयमा सहज रुपमा ३० जना सम्म बस्न सक्ने वातावरण समेतको उचित व्यवस्थाको व्यवस्थान हुन पुगेको छ । कार्यालय संगै रहेको उक्त नव निर्मित प्रतिक्षालय निर्माणले ईलाका प्रहरी कार्यालय गजुरी धादिङको शोभा झनै बढाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend