
एजेन्सी : कोरोनाभाइरस महामारीका बावजुद भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच विवाद चरमउत्कर्षमा पुगेकाे छ । तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ।
लद्दाखमा विगत २५ दिनदेखि भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा विवाद हुँदै आएको छ । पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमुन्नेसामुन्ने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो ।
यसैगरी भारतीय सेनाले पनि त्यहाँ अतिरिक्त सैनिकको साथसाथै उपकरण र तोपखानाको बन्दुक जस्ता हतियारहरू बढाउन सुरू गरेको छ । भारतीय वायुसेनाले त्यहाँ कडा हवाइ निरिक्षण गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ । यध्यपी यसको आधिकारिक संख्या पुष्टि हुन सकेको छैन ।
यस महिनाको सुरूमा चिनियाँ सेना र भारतीयबीच झडप समेत भएकाे थियाे । सीमामा घुसपैठ गर्न खोजेपछि भारतीय सेना टाेलीलाई चिनियाँ सेनाले नियन्त्रणमा पनि लिएकाे थियाे । भारतीय सेनाले चिनियाँ सेनाले आफ्नो घूसपैंठको गर्न खाेजेकाे बताउँदै आएको छ ।
भारतीय सेनाले चीनको यस कदमलाई आफूमाथि दबाब बढाउने चिनियाँ रणनीति भएको निष्कर्ष निकालेको छ। ‘हामी चिनियाँहरूको यो चलाखीका बारेमा सचेत छौं। भारतीय सेना आफ्नो अडानमा अडिग छ र यी क्षेत्रमा पूर्वतः अवस्था नआउँदासम्म हामी केही स्वीकार गर्ने छैनौं,’ एक वरिष्ठ भारतीय सैन्य अधिकारीले भने ।
अघिल्लो शुक्रबार भारतीय सेना प्रमुख एमएम नाराभान पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै त्यहाँ पुगेकाे थिए । भारतीय सेनाको गस्तीमा चिनियाँ सेनाले बाधा पुर्याएको भारतीय पक्षको भनाइ छ । साथै भारतको सार्वभौमसत्ता र सुरक्षाको लागि आफूहरु प्रतिबद्ध रहेको भारतीय सेनाले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend