logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सम्झनाको अर्धशतकसँगै वुमन एसिया कपमा नेपालको शानदार जित

    सम्झनाको अर्धशतकसँगै वुमन एसिया कपमा नेपालको शानदार जित

    917
    Shares
    सम्झनाको अर्धशतकसँगै वुमन एसिया कपमा नेपालको शानदार जित

    काठमाडौं । वुमन एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा प्रारम्भिक ब्याटर सम्झना खड्काले अर्धशतक प्रहार गरेपछि नेपालले विजयी शुरूवात गरेको हो ।

    प्रतियोगिताको पहिलो खेलमा शुक्रबार नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । श्रीलङ्काको दाम्बुल्ला अन्तर्राष्ट्रिय रंगशालामा यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको छ ।

    नेपालका लागि खड्काले ७२ रन बनाइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् ।

    त्यस्तै, नेपालका लागि रुबिना क्षेत्रीले १०, सीता राना मगरले सात, इन्दु बर्माले ६ र करुण कुँवरले दुई रन बनाइन् ।

    यूएईका लागि कविसा इगोजले तीन र लभन्या केनीले एक विकेट लिए । अन्य खेलाडीले राम्रो बलिङ गर्न सकेनन् ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले आठ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यूएईका लागि खुशी शर्माले ३६, कविसा इगोजले २२, समैरा धर्मिधर्काले १३ र इशा वजाले १० रन बनाइन् ।

    नेपालका लागि इन्दु बर्माले तीन, शवनव राई र कृतिका मरासनीले एक–एक विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend