
काठमाडौं : नेपालमा रहेका कोरियाली र नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एअरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरियन एअरको एअरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ।
उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन्।
गएराति कतार एअरवेजको एअरबस ए ३२० जहाजले नेपालमा रोकिएका ३०३ यात्रु र नौ बालबालिका लिएर कतारको दोहा हुँदै अमेरिका उडेको थियो। ती यात्रुमा पनि अधिकांश नेपाली र केही अमेरिककी नागरिक छन्।
लकडाउनको कारण रोकिएका जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका, युरोपलगायत मुलुकले धमाधम जहाज चार्टर्ड गरी यात्रु लगिरहेका छन्।
विमानस्थलका अनुसार बन्दाबन्दीमा ९३ अन्तर्राष्ट्रिय उडान भएका छन्। तीमध्ये सबैभन्दा बढी यात्रु चार्टर्ड उडानका हुन्। ती उडानबाट करीब आठ हजार यात्रु विभिन्न मुलुक फर्किएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend