बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

दुई पाकिस्तानी अधिकारीलाई भारतले गर्यो देश निकालाको घोषणा

दुई पाकिस्तानी अधिकारीलाई भारतले गर्यो देश निकालाको घोषणा

पाकिस्तानका तीन कूटनीतिक अधिकारीहरुलाई जासुसी गरेको आरोप लागेको छ । तीनमध्य दुईलाई भने भारतले देशबाट निष्कासित गर्ने घोषणा गरेको छ ।

विदेश मन्त्रालयले दिल्लीस्थित पाकिस्तानको उच्च आयुक्तको कार्यालयमा कार्यरत ती दुई अधिकारी ‘जासुसीसम्बन्धी गतिविधिमा संलग्न’ भएको आरोप लगाएको हो।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाकाअनुसार अविद हुस्सेन, ताहिर खान र जाभेद हुस्सेनको आइएसआइसँग सिधा सम्र्पकमा रहेको पाइएको छ ।

यस सम्बन्धी विज्ञप्तिमार्फत् जारी गरेपनि दिल्लीले थप विवरण भने दिएको छैन।

एक संक्षिप्त विज्ञप्तीमा भारतको विदेश मन्त्रालयले पाकिस्तानका दुई अधिकारीले कूटनीतिक हैसियत अनुसार नमिल्ने व्यवहार गरेको जनाएको छ। ती कूटनीतिक अधिकारीहरूले २४ घण्टाभित्र भारत छोड्नुपर्नेछ ।

पाकिस्तानले भने प्रतिक्रियामा भारतको त्यस्तो घोषणालाई कूटनीतिक अधिकारीहरूमाथिको यातना र अवरोध भन्दै आलोचना गरेको छ। दशकौँदेखि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ।

खासगरी दुवै देशले आफ्नो भनी दाबी गर्ने कश्मीर क्षेत्रको विवादलाई लिएर उनीहरूबीच दशकौँदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको हो ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend