
१९ जेठ, काठमाडौं । पोखरा र अर्घाखाँचीमा प्रहरी र स्थानीय जनप्रतिनिधिकै उपस्थितिमा किसानको उत्पादन डम्पिङ्ग साईटमा फालेको घटना प्रति रिटर्नी कृषि तथा पशुपालन समुह नवलपुरले घोर निन्दा र भत्र्सना गरेको छ ।
कोरोना सर्ने भन्दै आइतबार कपिलबस्तुमा उत्पादन भएको तरकारी अर्घाखाँची र अन्य जिल्लाबाट पोखरा लगिएको तरकारी पोखरामा नष्ट गरीएको थियो।
महामारीका बेला किसानले उत्पादन गरेको तरकारी नष्ट गर्नु किसान माथीको जघन्य अपराध भएको भन्दै त्यसको घोर निन्दा र भत्सना गर्दछौ समितिका अध्यक्ष नेत्र नारायण थनेत द्वारा जारी बिज्ञप्तिमा भनिएको छ।
समूहका अध्यक्ष नेत्रनारायण थनेतको हस्ताक्षरित एक अपिल निकाल्दै समूहले बिरोध गरेको हो । किसानको उत्पादन डम्पिङ्ग साईटमा फालेर तरकारीमा आत्मनिर्भर उन्मुख नेपाली किसान माथि जघन्य अपराध गरेको रिटर्नी कृषि तथा पशुपालन समुह नवलपुर शाखाले ठहर गरेको समूहका अध्यक्ष थनेतले बताउनु भयो ।
साथै यस्ता घटनाले मुलुकलाई सधैं परनिर्भर, खाद्यान्न संकट एवं किसान स्वयंलाई भोकमरीमा धकेल्ने काम गरेको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ । कोभिड १९ का कारण विश्व महामारीको संकटमा नेपाली किसानहरुले बिउको मुल्य समेत उठाउन नसकेको अवस्थामा तरकारीबाट कोरोना सर्ने भन्दै फालिएको यस घटनामा किसानको उपजको जिम्मा सरकारले लिन र किसानलाई तत्काल क्षतिपुर्ति दिन दबाब सहित आग्रह गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend