काठमाडौं : स्वास्थ्य मन्त्रालयले सोमबार थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend