
काठमाडौं : महानगरीय प्रहरी वृत्त दरवारमार्गले सोमबार साँझ आधा दर्जनभन्दा बढी व्यवसायीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटल जुवा खेलिरहेका उनीहरू पक्राउ परेका हुन्।
जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ९ जना व्यापारीलाई नगदसहित पक्राउ गरेको हो। उनीहरुका साथबाट प्रहरीले दुई लाख रुपैयाँभन्दा नगदसमेत बरामद गरेको छ।
उनीहरू विभिन्न वित्तीय संस्था तथा इन्स्योरेन्स कम्पनीमा उपल्लो तहका लगानीकर्ता तथा व्यवसायी रहेको बताइएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend