सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

स्याङ्जामा ५ जना संक्रमित थपिए, संक्रमितको संख्या १२ पुग्यो

स्याङ्जामा ५ जना संक्रमित थपिए, संक्रमितको संख्या १२ पुग्यो

२० जेठ,स्याङ्जा । स्याङ्जामा थप ५ जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना संक्रमण भेटिएको हो । यस्तै स्याङजाकै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । उनी पनि गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएको बताईएको छ । उनीहरु सबै भारतबाट आएकाहुन् । यो संगै स्याङजामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

यस अघि वालिङका ५ जनामा र गल्याङका २ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको उपचार भईरहेको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend