शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

भारतबाट आएकी २२ वर्षीया युवतीको क्वारेन्टाइनमा मृत्यु

भारतबाट आएकी २२ वर्षीया युवतीको क्वारेन्टाइनमा मृत्यु

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको सोमबार साँझ मृत्यु भएको हो ।

उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् । जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ ।

उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उहाँले बताउनुभयाे ।

 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend