
काठमाडौं : धादिङको १ जना २३ बर्षिया महिलामा पनि आज (मंगलवार) कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले धादिङ स्थायी घर भएकी २३ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनी परोपकार प्रसुती अस्पतालमा उपचाररत थिइन् । मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेकी छन्
यसैबीच नेपालमा आज (मंगलवार) एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend