
धादिङ : धादिङको गजुरी गाँउपालिका वडा नम्बर ३ ग्याङराङ्का बिर बहादुर दोङ्को घरमा आगलागी भएको छ । आगलागी हुदा घरमा भएको धान, मकै, लत्ता कपडा भाडा कुडा पुर्ण रुपमा क्षति भएको छ । आगलागिका कारण मानबिय क्षति भने भएको छैन । घरको अभिभाबक बारीमा काम गर्न गएको बेलामा बालबालिकाले लाइटर खेलाउदा आगलागी भएको ग्याङराङका एक स्थानीयले जानकारी दिनुभयो ।
आगालागीका कारण खरको छानो भएको घर, जस्ताको छानो भएको गोठ, १० मुरी धान, १० मुरी मकै, १४ मुरी कोदो, १५ हजार रुपैया नगद, ५० हजार बराबरको गर गहना लत्ता कपडा र एक वटा भैसी सहित अनुमानित १० लाख बराबरको क्षेती भएको पनि उहाले बताउनुभयो । घरमा आगलागी भएपछी बिर बहादुर दोङको तिन बालबालिका सहित ५ जनाको परिवार छिमेकीको घरमा बस्नुभएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend