मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी हुने ६ जना मन्त्रीहरुको नाम एमालेले टुङ्ग्याएको छ ।
एमालेले बागमती प्रदेश सरकारमा पाएको ६ मन्त्रालयको भागमा किरण थापा, प्रकाश श्रेष्ठ, प्रेम भक्त महर्जन, सुकमाया तामाङ, कृष्ण प्रसाद सिलवाल र अमन कुमार मास्के सहभागि हुँदैछन् ।
उनीहरूले कुन मन्त्रायल पाउने छन् त्यो भने टुंगो लागि सकेको छैन ।
प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन् ।