logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सुरक्षित कारोबार ऐनले अचल सम्पती नहुने व्यक्तिहरुको कर्जामा समान पहुँच हुन्छ : अर्थमन्त्री पौडेल

    सुरक्षित कारोबार ऐनले अचल सम्पती नहुने व्यक्तिहरुको कर्जामा समान पहुँच हुन्छ : अर्थमन्त्री पौडेल

    448
    Shares
    सुरक्षित कारोबार ऐनले अचल सम्पती नहुने व्यक्तिहरुको कर्जामा समान पहुँच हुन्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्दा अचल सम्पती नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताएका छन्।

    मंगलवार प्रतिनिधि सभामा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सौद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। अर्थमन्त्री पौडेलले अचल सम्पती नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताए।

    उनले निष्क्रिय रुपमा रहेको चलसम्पती समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताए। उहाँले ऐन संशोधनपछि मुलुकमा आर्थिक कारोबारलाई बिस्तार गर्न सकिने उल्लेख गरे । उनले यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने बताए।

    अर्थमन्त्री पौडेलले चल सम्पतीलाई धितो मानेर कारोबार गर्ने अभ्यास भएपनि केही समयअघि शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण पाउनसक्ने व्यवस्थालाई कानून रुपमा कार्यान्वयन गर्नको लागि ऐनको संशोधन उपयोगी हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend