
डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ की ३० वर्षीया महिलाको क्वारेन्टाइनमा मृत्यु भएको छ ।
वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टका अनुसार मंगलबार राती शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै मृत्यु भएको हो ।
‘हिजो राती शौचालय गएको बेला उहाँ बेहोस हुनु भएछ,’ विष्टले भने, ‘बेहाेसपछि गाउँबाट धामीझाँक्री आएको भन्ने बुझिएको छ । पछि लगत्तै उनको मृत्यु भएको हो ।’
४ दिनअघि भारतबाट आएकी महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका-१ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।
अहिले स्वास्थ्यकर्मीको टोली घटनास्थल गएको र उनको स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend