logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कामना सेवा विकास बैंकको नाफा ६७ प्रतिशत बढेर पुग्यो ६० करोड ३२ लाख

    कामना सेवा विकास बैंकको नाफा ६७ प्रतिशत बढेर पुग्यो ६० करोड ३२ लाख

    385
    Shares
    कामना सेवा विकास बैंकको नाफा ६७ प्रतिशत बढेर पुग्यो ६० करोड ३२ लाख

    काठमाडौं । गत आर्थिक वर्ष कामना सेवा विकास बैंकको खुदनाफा ६७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा बैंकले ६० करोड ३२ लाख १७ हजार रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३६ करोड १३ लाख ६४ हजार रुपैयाँ खुदनाफा गरेको थियो ।

    गत वर्ष बैंकले २४ करोड १८ लाख रुपैयाँ खुदनाफा बढाएको बुधबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । बैंकको निष्क्रिय कर्जा घटेपछि नाफामा सुधार आएको हो । पुरानो कर्जा ३० करोड ४० लाख रुपैयाँ असुली भएको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा घटेर ०.८६ प्रतिशतमा सिमित भएको छ । बैंकको वितरणयोग्य नाफा ३० करोड ९२ लाख रुपैयाँ छ ।

    यसअवधिमा खुदब्याज आम्दानी २।७८ प्रतिशत बढेर २ अर्ब १२ करोड ५२ लाख १७ हजार रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३७ पैसाबाट बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ४८ पैसा छ ।

    समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढेर ५९ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकको निक्षेप परिचालन ५३ अर्ब ४७ करोड रुपैयाँ थियो । यस्तै बैंकले ४५ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend