सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

धादिङमा कोरोना संक्रमित महिलाको गाउँ नै सिल

धादिङमा कोरोना संक्रमित महिलाको गाउँ नै सिल

धादिङ : धादिङमा कोरोना संक्रमित महिला भेटिए पछि  सिद्धलेक गाउँपालिका वडा नं ५ कुम्पुर हिटी लाई सिल गरिएको छ ।

धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ कुम्पुर हिटी की २३ वर्षीय गर्भवती महिलामा मंगलबार कोरोना भाइरस संक्रमण देखिए पछि जिल्ला सुरक्षा समितिले सिल गरेको हो ।

सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसहित बसेको जिल्ला सुरक्षा समितिको वैठकले गाउँमा स्थानीय प्रशासन ऐन अनुसार सिल गरी निषेधाज्ञा जारी गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङले जानकारी दिनुभयो  ।

सिल गरिएको गाउँमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । आगामी जेठ २४ गते रातीसम्म गाउँमा कसैलाई पनि पस्न नदिइने र गाउँबाट बाहिर निस्कन पनि नदिइने गाउँपालिकाले जनाएको छ ।

अहिले उनको गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गरेका छौ,’ सिलवालले भने । उनले यस वडा क्षेत्र भित्रका अफ्ना नागरिकलाई जोखिमबाट मुक्त गर्न कठोर निर्णय लिएको सुनौलो नेपाललाई बताए ।

धादिङ जिल्लाका स्थानीयमा देखिएको यो चौथो संक्रमण हो । यसअघि धादिङ जिल्लाका तीनजनामा संक्रमण देखिएको भएपनि उनीहरु सबैजना उपचारपछि घर फर्किसकेका छन् । यसअघि संक्रमण देखिएका तीनैजनामा जिल्ला भित्र संक्रमण नभएको र उनीहरुमार्फत पनि अरुलाई संक्रमण नभएको पुष्टि भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend