
आन्तरिक राजश्व विभागले कर तिर्नुपर्ने समयसीमा सारेको छ।
यसअघि विभागले जेठ २५ गतेभित्र चैतसम्म बुझाउनु पर्ने सबै कर बुझाउन सूचना जारी गरेको थियो।
लकडाउनका बेला कर बुझाउन ताकेता गरेको भन्दै उक्त कदमको विरोध भएपछि सरकारले समय सारेको हो।
विभागले बुधबार अर्को सूचना जारी गर्दै मूल्यअभिवृद्धि कर र अन्त:शुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकर असार १५ सम्म बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend