काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको निर्णय अनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।
२०५४ सालमा शाखा अधिकृत (तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।