
पोखरा : गण्डकी प्रदेशका १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । बिहीबार चार जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएकाे गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जनाएकाे छ ।
संक्रमितहरू बागलुङका १०, पर्वतका चार, म्याग्दीका एक र स्याङ्जाका एक जना रहेका छन् ।जसमा बागलुङको निसीखोला गाउँपालिकाका ३३ वर्षीय महिला, २२ र २९ वर्षीय पुरुष, बडिगाड गाउँपालिकाका १२, २०, २१ र २५ वर्षीय पुरुष, गलकोट नगरपालिकाका २०, २२, २३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
योसँगै बागलुङमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १८ पुगेको र दुईजना निको भएर घर फर्कीएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend