
काठमाडौं : लकडाउनबारे छलफल गर्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री सरकारी निवास अपरान्ह ४ बजे बस्ने बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार लकडाउन मोडालिटी परिर्वतनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग पनि छलफल गरेका थिए ।
झण्डै साढे महिनाको लकडाउनले गर्दा आर्थिक क्रियाकलाप ठप्प भएको भन्दै पछिल्लो समय लकडाउन अवज्ञा गर्नेको संख्या बढिहरको छ ।
लकडाउन जारी रहे पनि नेपालमा कोरोना संक्रमितको संख्या भने निरन्तर बढिरहेको छ । बुधबार मात्रै २ सय १ जनामा संक्रमण पुष्टि भएको थियो ।
यो सँगै संक्रमितको संख्या २ हजार ३ सय नाघेको छ । जसमध्ये २ सय ७८ जना उपचारपछि निको हुँदा ९ जनाले ज्यान गुमाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend