
काठमाडौं : लकडाउनको बेवास्ता गर्दै ७२ औं दिनपछि साना व्यवसायीले पसल खोल्न थालेका छन्। काठमाडौं उपत्यकाका व्यवसायीले आजदेखि आफूखुशी पसलहरू खोल्न थालेका हुन्।
साना व्यवसायीहरूको छाता संगठन राष्ट्रिय व्यवसायी महासंघले आजदेखि लकडाउन उल्लंघन गर्दै पसल खोल्ने निर्णय गरेको थियो।
महासंघको उक्त निर्णयसँगै न्यूरोडका व्यवसायीले धमाधम पसल खोल्न लागेका हुन्। महासंघको निर्णयसँगै न्युरोड, दरबारमार्ग र जोरपाटीलगायत स्थानका व्यवसायीहरूले बिहान ११ बजेसम्म पसल खोलेका हुन्।
पसल बन्द राख्दा बैंकको ब्याज र किस्ता, घरभाडा तथा कर्मचारीलाई पारिश्रमिक दिनसमेत समस्या भइरहेको उनीहरूले बताउँदै आएका छन्। आजदेखि हार्डवेयर, कपडा र फलफूललगायत पसल सञ्चालनमा ल्याएका छन्। किराना र औषधि पसलहरू यसअघि पनि खुल्ने गर्थे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend