
काठमाडौं : नेपालमा बिहीबार एकैदिन ३३४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा मोरङ १ पर्सा १ झापा ३ ताप्लेजुङ १ सुनसरी १ सप्तरी १३ बारा ७ सिन्धुली १ रौतहट १ म्याग्दी १ बाग्लुङ १० पर्वत ४,स्याङ्जा १, बाँके ४२, कपिलवस्तु १७, दाङ १५, मुगु १, दैलेख १०५, झापा २, खोटाङ ३, दैलेख ८, बारा ५, धनुषा ६,कपिलवस्तु १२, महोत्तरी ३, रौतहट ६४, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका जानकारी दिए।
योसँगै नेपालमा संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको छ। तीमध्ये २९० जना उपचारपछि डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ। बुधबार कोरोना संक्रमित दोलखाका एक ७६ वर्षीय वृद्धको मृत्यु भएको थियो।
पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढ्दै गइरहेको छ।
उनका अनुसार अहिले देशभरि १ लाख ६१ हजार २ सय ६२ मानिस क्वारेन्टिनमा छन्। बिहीबारसम्म ८४ हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend