सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

लकडाउनको मोडालिटी परिवर्तन गर्न, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

लकडाउनको मोडालिटी परिवर्तन गर्न, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकबाट सरकारले कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटी परिवर्तनबारे निर्णय गर्नसक्ने एक मन्त्रीले सुनौलो नेपाललाई जानकारी दिए । उनका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन सरकार गम्भीर रहेकाले त्यसबारे निर्णय हुनसक्नेछ ।
सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न चौतर्फी दवाव सरकारमाथि छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend