बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता, निर्देशक दयाराम दाहाल नियुक्त भएका छन्। तत्कालिन अध्यक्ष केशव भट्टराईको निधनपछि रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को विहीबारको बैठकले दाहाललाई नियुक्त गरेको हो । वर्तमान चलचित्र बोर्डका सदस्य समेत रहेका दाहाललाई २ वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो । सूचना तथा संचार मन्त्रालयमा पुगेको १० जनाको मध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषदमा नाम पुग्नेमा भुवन केसी, राजेश थापा र दयाराम दाहालको नाम मन्त्रिपरिषद्मा पुगको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend