बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

म्यान्मारबाट २६ नेपाली लिएर आइपुग्यो म्यानमारको सैन्य विमान

म्यान्मारबाट २६ नेपाली लिएर आइपुग्यो म्यानमारको सैन्य विमान

काठमाडौं : म्यानमारबाट २६ जना नेपाली लिएर म्यानमारको सैन्य विमान नेपाल आइपुगेको छ ।

बिहान १० बजेर ५० मिनेटमा म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । जहाजले म्यानमारबाट २६  जना नेपाली बोकेर जहाज आएको विमानस्थल कार्यालयले  सुनौलो नेपाललाई जानकारी दिएको छ ।

शुक्रबार बिहान ७ बजे २५ जना नेपालीलाई लिएर विमान म्यानमारबाट उडेको हो ।

यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कने छ । म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँएका हुन् ।

सरकारले विदेशमा अफ्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने घोषणा गरेको थियो । अति समस्यामा परेका नेपालीलाई ल्याइने सरकारले बताएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend