
काठमाडौँ : समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले जेठ १९ गते संसदमा आफू विरुद्ध बोलेको शब्द संसदको रेकर्ड हटाउनुका साथै कारबाही गर्न माग गरेकी छिन् । उनले आफू बिरुद्ध संसदमै ‘हेट स्पिच’ दिइएको भन्दै नेकपा सांसद गंगा चौधरी सदगैयालाई कारबाहीको माग गरेकी हुन् ।
सांसद गिरीले भारतसँग छलफल गरेरमात्र अघि बढ्न दिएको सुझावको जफावमा चौधरीले सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थालेको बताएक थिइन् । उनले भनेकी थिइन्, ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दाभन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने ? यो कस्ता बिडम्बना हो ?’
यही अभिव्यक्तिका विरुद्ध सांसद गिरी पदीय मर्यादाका कारणमात्र आफू रोकिएको नत्र भौतिक रुपमै आक्रमणमा उत्रिने चेतावनी पनि दिएकी छिन् । उनले शुक्रवारको संसद बोल्दै भनिन्, ‘जेठ १९ गते म अनुपस्थित थिएँ तर मेरो विरुद्ध यहाँ एक सांसदले हेट स्पिच दिएकी छन्, रगत उम्लिने कुरा गरेकी छन् ।’ मेरो पदको मर्यादा नहुदो हो त म भौतिक रुपमा आक्रमणमा उत्रन्थे ।’
आफू प्रेमपूर्वक उनीसँग यो विषयमा कुरा गर्न चाहेको उनले बताइन् । उक्त भनाइलाई हटाउन माग गरिन् । उनले उक्त अभिव्यक्तिलाई रेकर्डमा लिएर कार्य अघि वढाउन गृहमन्त्रालय समक्ष माग गरेकी छिन् ।
उनले भनिन्, ‘जब संसद यो संसदको रेकर्डमा रहन्छ यो गलत हुन्छ । संसदमै जासुस र दलालीको कुरा रहन्छ यो गलत हुन्छ ।’ मिडियामा आएका एकतर्फी कुरा सुनेर उहाँले टिप्पणी गर्नुभएको छ ।’
गिरिले चौधरीका पतिले राप्ती गाउँपालिकाको निर्वाचनमा भारतीय रुपैयाँ बाँडेका आरोप लगाइन् । स्थानीयहरुले पक्राउ गरेर बुझाएपछि उत्तरको छिमेकी चीनका तर्फवाट बाँडिएको स्वीकारेको उल्लेख गरिन् ।
गिरिले आफूलाई चौधरीले चीनको इशारामा उक्त आरोप लगाएको पनि उनले बताइन् । ‘भारतीय चेली त्यसै संसदसम्म आएका छैनन् । संघर्ष गरेका छन् । चाँदीको चम्चाले यो पद दिएको होइन ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend