
भारतको केरलामा एउटा गर्भवती हात्तीलाई मारेको अभियोगमा एकजना पक्राउ परेका छन् । अरु केहीलाई सोधपुछ गरिएको छ ।
राज्यका वनमन्त्री के राजुका अनुसार प्रहरी र वन विभागका कर्मचारीको संयुक्त टोलीले एकजनालाई पक्राउ गरेका हुन् । यद्यपि उक्त घटनामा अरु थुप्रै स्थानीयको संलग्नता भएको बुझिएको छ । स्थानीय मिडियाका अनुसार प्रहरीले घटनाले छानविन सुरु गरेको छ ।
छानविनका लागि वन विभागले तीन वटा टोली बनाएको छ । प्रहरीले पनि घटनाको छानविन गरिरहेको छ । केरलाका मुख्यमन्त्री मिनारायी भिजयनले तीनजना संलग्नको पहिचान भइसकेको बताएका छन् ।
एउटा गर्भवती हात्तीलाई स्थानीयले विस्फोटक पदार्थ (पटाका)ले भरिएको भुइँकटहर खुवाइदिएपछि हात्ती मरेको थियो । जुन घटनाले भारत मात्रै नभएर छोटो समयमा नै विश्वभर नै चर्चा पायो । स्थानीयले जानाजान भुईँकटहरमा पटाका भरेर दिएको वा झुक्किएर भन्ने कुरा छानविनपछि थाहा हुने प्रहरीले जनाएको छ ।
उक्त घटना केरलाको पलक्काड जिल्लाको एक गाउँमा यही मे महिनाको अन्त्यतिर भएको हो । जहाँ हात्ती पटाका नै निलेपछि आत्तिँदै नदीमा पुगेको थियो । नदीको पानीमा उभिँदै गरेको हात्तीको तस्बिर भने सामाजिक सञ्जालमा भाइरल बनेको छ । हमानवीय हर्कत गरेको भन्दै धेरैले उक्त घटनाको विरोध गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend